Sunday, June 14, 2009

रोकियो चिलिमेको सेयर

काठमाडौं, जेठ ३१ - चिलिमे जलविद्युत् आयोजनाको साधारण सेयर बिक्री रोकिएको छ। आज सर्वोच्च अदालतले १० गतेसम्मका लागि सेयर जारी नगर्न र उक्त दिन पक्ष-विपक्ष झिकाएर यसबारे छलफल गर्न अन्तरिम आदेश जारी गरेको हो। सेयर भोलि असार १ गतेदेखि बिक्री गर्न लागिएको हो। स्थानीय उपभोक्ता समूहले सम्झौतामा उल्लेख भएअनुसार ८ प्रतिशत सेयर स्थानीयलाई दिनुपर्नेलगायतका माग राख्दै सर्वोच्चमा रीट हालेको थियो।

No comments:

Post a Comment